लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता

<p>लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतगणना परिणाम अनुसार १७ हजार नौ सय २८ मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् । [&hellip;]</p>

लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतगणना परिणाम अनुसार १७ हजार नौ सय २८ मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले भने,  ‘गणना भएका मध्ये हालसम्म चार सय ९७ मत बदर भएको छ ।’

जिल्लामा आठ पालिकामध्ये हालसम्म क्व्होलासोथर, दूधपोखरी, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।

Share News