गठबन्धनका साझा उम्मेदवार बिनोद चौधरीलाई स्वतन्त्र पार्टीका ठकुरीले उछिने

<p>नवलपरासी । सत्ता गठबन्धनका साझा उम्मेदवार बिनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले उछिनेका छन् । नवलपरासी पश्चिम प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ को चुनावी प्रतिस्प्रर्धाको पछिल्लो मतगणनामा ठकुरीले चौधरीलाई ८९ मतले पछाडि छाडेका छन् । पछिल्लो मतपरिणाम अनुसार ठकुरीले ३ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् भने चौधरीले ३ हजार ८ [&hellip;]</p>

नवलपरासी । सत्ता गठबन्धनका साझा उम्मेदवार बिनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले उछिनेका छन् । नवलपरासी पश्चिम प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ को चुनावी प्रतिस्प्रर्धाको पछिल्लो मतगणनामा ठकुरीले चौधरीलाई ८९ मतले पछाडि छाडेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ठकुरीले ३ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् भने चौधरीले ३ हजार ८ सय ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी २ हजार १२ मत सहित जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी तेस्रो स्थानमा रहेका छन् ।

Share News