काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाएका छन् । झापा क्षेत्र नम्बर १ मामतगणना जारी रहँदा ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् ।
हालसम्म २२ हजार १४२ मत गणना हँदा शर्माले ४ हजार २९९ मतले अगाडि रहेका छन । उनले विजय तर्फ लम्किरहेको बताएका छन् । ‘विजय भइसकेको होइन, हामी त्यसतर्फ क्रमशः लम्किरहेका छौ, स्वदेश र विदेशबाट व्यक्त गरिरहनु भएको शुभेच्छाप्रती हृदयले आभारी छौं,’ उनले भने ।
उनको निर्वाचन क्षेत्रमा ८१ हजार ३३१ मत खसेको थियो ।