
रुपन्देही । प्रारम्भिक मतगणनामा प्रतिनिधिसभाका उम्मेदवार पूर्वअर्थमन्त्री विष्णु पौडेलले दोस्रो स्थान प्राप्त गरेका छन् । पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।
३ सय मत गणना हुँदा गणेश पौडेलले १ सय २६ मत प्राप्त गरेका छन् भनवे विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा विष्णु पौडेलले लगातार जित्दै आएका थिए । सो क्षेत्रमा एक लाख ३९ हजार ५६० मतदाता मध्ये ८१ हजार २०२ मत खसेको छ ।