काठमाडाैं । अहिले देशभर मतगणना भइरहेको छ । हालसम्म भएको मतगणना अनुसार सबैभन्दा अगाडि नेपाली काँग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । नेपाली काँग्रेसले १४ ठाउँमा अग्रता कायम गरेको छ भने एक ठाउँमा जित हासिल गरेको छ ।
काँग्रेसले काठमाडौं क्षेत्र नम्बर–५, नवलपुर–२, इलाम–२, चितवन–१, कञ्चनपुर–३, भक्तपुर–२, काठमाडौं–१०, सुर्खेत–२ र तनहुँ–२ मा अग्रता कायम गरेको हो ।
यस्तै, काँग्रेसले अछाम–२, कपिलवस्तु–३, मोरङ–६, मकवानपुर–१ र काठमाडौं ४ मा पनि अग्रता कायम गरेको छ ।
यस्तै, नेकपा एमालेले हालसम्म १४ ठाउँमा अग्रता कायम गरेको छ । एमालेले मकवानपुर–२, झापा–२, चितवन–२, बाँके–३, काठमाडौं–९, धनुषा–३, भक्तपुर–१, मनाङ–१, ललितपुर–१, कास्की–३, दैलेख–१, ललितपुर–२, काठमाडौं–३ र दाङ–३ मा अग्रता कायम गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ६ क्षेत्रमा अग्रता कायम गरेको छ । यस पार्टीले काठमाडौं–६, काठमाडौं–७, झापा–४, कास्की–२, काठमाडौं–२ र ललितपुर–३ मा अग्रता कायम गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन ठाउँमा अग्रता कायम गरेको छ । राप्रपताले बाँके निर्वाचन क्षेत्र नम्बर २, झापा क्षेत्र नम्बर ३ र काठमाडौं क्षेत्र नम्बर १ मा अग्रता कायम गरेको छ । बाँकेमा धवलशम्शेर जंगबहादुर राणा, झापा ३ मा राजेन्द्र लिङ्देन र काठमाडौं क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रले अग्रता कायम गरेका हुन् ।
क्रमश राणले १८ सय मत, लिङ्देनले १२७४ मत र मिश्रले २४१३ मत पाउँदै अग्रता कायम गरेका हुन् । नेकपा माओवादी केन्द्रले सर्लाही–३ र दाङ२ मा अग्रता कायम गरेको छ भने जनमत पार्टीले रुपन्देशी–३, सप्तरी–१ र सप्तरी–२ मा अग्रता कायम गरेको छ ।