काठमाडौं ९ मा एमालेको अग्रता

<p>काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् । नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी कल्पना धमलाले पाँच [&hellip;]</p>

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् ।

नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी कल्पना धमलाले पाँच सय ३५ प्राप्त गरेकी छिन् । दिउँसो ३ बजेसम्म यस क्षेत्रमा चार हजार मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन् । रासस

 

Share News