काठमाडौं । काठमाडौं क्षेत्र नम्बर एकमा रवीन्द्र मिश्रले अग्रता कायम गरेका छन् ।
उनले २ हजार ४ सय १३ मतसहित अग्रता कायम गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले २ हजार ३ सय २ मत पाएका छन् भने नेकपा एमालेका किरण पौडेलले १ हजार ४ सय ४१ मत पाएका छन् ।
यस्तै, स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पुकार बलमे १ हजार ३ सय ६७ र रमेश खरेलले १ हजार ४६ मत पाएका छन् ।