काठमाडौं–२ मा मतगणना थालियो

<p>काठमाडौ । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका लागि समय लागेकाले दुई बजेपछि मात्र मतगणना सुरु भएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिए । अहिले यो क्षेत्रमा चार ठाउँमा मतगणना भइरहेको छ । सिन्धुपाल्चोकसँग सीमा [&hellip;]</p>

 

काठमाडौ । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका लागि समय लागेकाले दुई बजेपछि मात्र मतगणना सुरु भएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिए । अहिले यो क्षेत्रमा चार ठाउँमा मतगणना भइरहेको छ ।

सिन्धुपाल्चोकसँग सीमा जोडिएका काठमाडौंका विकट बस्ती पनि पर्ने यो क्षेत्रमा शङ्खरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९, काठमाडौं महानगरपालिकाका वडा नं ९ र ३२ पर्छन् । यो क्षेत्रमा पूर्वसभामुख ओनसरी घर्ती सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी छिन् ।

यसैगरी नेकपा एमालेका तर्फबाट मणिराम फुयाँल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कुन्तीकुमारी पोखरेल उम्मेदवार छिन् ।

Share News