काठमाडौं १ मा सिंहको ८१८ मिश्रको ७३७ मत

<p>काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ । यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रविन्द्र मिश्रले ७३७ मत प्राप्त गरेका छन् । राष्ट्रिय [&hellip;]</p>

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ ।

यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रविन्द्र मिश्रले ७३७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पुकार बमले ५२८, नेकपा एमालेका किरण पौडेलले ४९६ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।

जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार छन् । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्र रहेकामा अब ४६ केन्द्रको मतगणना बाँकी छ ।

Share News