गगन थापा र राजन भट्टराईबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा, यस्तो छ पाँच उम्मेदवारको मत

<p>काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका राजन भट्टराईले ६ सय ३३ मत प्राप्त गरेका छन् । हालसम्म १५ सय ११ मत गणना गरिएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका राजन भट्टराईले ६ सय ३३ मत प्राप्त गरेका छन् । हालसम्म १५ सय ११ मत गणना गरिएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले ६५, मत प्राप्त गरेका छन् ।

पहिलो चरणमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट गणना सुरु गरिएको हो । त्यसैगरी क्रस खुकुरी चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार अर्जुनप्रसाद प्रसाईं २८ र हाम्रो नेपाली पार्टीका अर्जनकुमार राणाले १९ मत प्राप्त गरेका छन् ।

Share News