पहिलो जित हासिल गर्ने २९ वर्षीय योगेश : पर्यटन व्यवसायीको छवि, भारतबाट बीबीएम पास

<p>काठमाडौं । एउटा २९ वर्षिय युवकले प्रतिनिधिसभाको चुनाव जितेपछि अहिले सबैको चासोको रुपमा परेका छन् मुस्ताङका योगेश गौचन थकाली । नेपाली काँगेसबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका गौचनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै ३ हजार ९९२ मतसहित विजयी भए । चुनावमा नेकपा एमालेका प्रेम प्रसाद तुलाचन तीन हजार ७८ मत मात्रै पाए । यहाँ सात [&hellip;]</p>

काठमाडौं । एउटा २९ वर्षिय युवकले प्रतिनिधिसभाको चुनाव जितेपछि अहिले सबैको चासोको रुपमा परेका छन् मुस्ताङका योगेश गौचन थकाली । नेपाली काँगेसबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका गौचनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै ३ हजार ९९२ मतसहित विजयी भए ।

चुनावमा नेकपा एमालेका प्रेम प्रसाद तुलाचन तीन हजार ७८ मत मात्रै पाए । यहाँ सात हजार २३० मत खसेको थियो । अहिले देशभर युवाको लहर छ । त्यसैले पनि मुस्ताङ काँगेसले उनलाई टिकट दिएर उम्मेदवार बनायो र काँग्रेसलाई एक सासंद थप बनाउन सघाउ पुग्यो ।

योगेश गौचनलाई टिटक दिने पनि उनकै बुबा रोमी गौचन थकाली हुन् । जो मुस्ताङ काँग्रेस पार्टीका सभापपति पनि हुन् । आफ्नै छोरालाई टिकट दिएपछि रोमिको आलोचना नभएको पनि होइन । तर, देशभरको युवाहरु प्रतिको आकर्षण देखेर नै उनले आफ्नो छोरालाई टिकट दिएर जित्न सहयोग पुगेको अहिले धेरैको बुझाइ बनेको छ ।

को हुन् योगेश ?

यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद भएको बुझिएको छ । पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति थिए । हाल उनी गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।

भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यवसायमा पनि संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ । साथै उनले ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् ।

उनी मुस्ताङ र पोखरामा रहेको त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक हुन् भने मुस्ताङमा किवी खेतीलगायत अर्गानिक कृषि फार्म पनि गर्दै आएका छन् ।

वि.स २०५० साल बैशाख २७ गते जन्मिएका उनीकी आमाको नाम लक्ष्मी गौचन हुन् । उनी अहिलेसम्म अविवाहित छन् ।

Share News