काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेलले अग्रता कायमै गरेका छन् । उनले हालसम्म ५६१ मत पाएर अग्रता कायम गरेका हुन् ।
उनकी निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मत पाएकी छिन् । यस्तै, राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।