मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता

<p>मुस्ताङ । मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ । एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ [&hellip;]</p>

मुस्ताङ । मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ ।

एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताए ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले दुई सय ६१ मतले अग्रता लिएका छन् । उनले एक हजार ६८ र नेकपा ९एमाले० का प्रेमप्रसाद तुलाचनले आठ सय सात मत पाएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याकका नौवटा मतदान केन्द्रको गणना सकिएको छ । दुई स्थानमा मतगणना भइरहेको छ ।

Share News