काठमाडौं । धनुषा जिल्लाको क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । हालसम्म उक्त क्षेत्रको ७ सय मत गणना सम्पन्न भएको छ ।
७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् । महतोले २५७ मत प्राप्त गरेकी छिन् ।
यस्ते, जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत प्राप्त गरेका छन् ।