काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नं ७ मा मतगणना जारी रहेको छ । प्रारम्भिक मत गणना अनुसार स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मत प्राप्त गरेको छ । यस्तै, दोस्रो स्थानमा नेकपा एमालेका श्यामकुमार घिमिरेले पच्छ्याइरहेका छन् ।
एमालेका घिमिरेले ९३ मत प्राप्त गरेका छन् । यस्तै, सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।
काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।