बैतडीमा मतपेटिका पुर्याएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ५ प्रहरीको मृत्यु

<p>काठमाडौं । बैतडीमा जीप दुर्घटनामा परेको छ । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको स्थानीय वडा अध्यक्ष दिपक बिष्टले जानकारी दिएका छन् । बैतडीको पाटनमा मतपेटिका र्पुयाएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटनामा परेको हो । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान ७ बजेतिर जिप दुर्घटना भएको हो । से [&hellip;]</p>

काठमाडौं । बैतडीमा जीप दुर्घटनामा परेको छ । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको स्थानीय वडा अध्यक्ष दिपक बिष्टले जानकारी दिएका छन् ।

बैतडीको पाटनमा मतपेटिका र्पुयाएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटनामा परेको हो । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान ७ बजेतिर जिप दुर्घटना भएको हो । से १ ज ८५४ नम्बरको जीप दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए । उनका अनुसार ५ जनाको मृत्यु भएको घटनास्थलमा नै मृत्यु भएको छ । यद्यपी यो पुष्टि हुन बाँकी रहेको छ । जीपमा सबै जना प्रहरी सवार रहेका थिए ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share News