भक्तपुर २ मा बस्नेतभन्दा कांग्रेसका थापा अगाडि

<p>काठमाडौं । भक्तपुरका २ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार एमालेका महेश बस्नेतले कांग्रेसका थापालाई पच्छ्याइरहेका छन् । नेपाली कांग्रेसका थापाले २ हजार २२८ मत ल्याएका छन् भने नेकपा एमालेका बस्नेतले १ हजार ६३० मत [&hellip;]</p>

काठमाडौं । भक्तपुरका २ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार एमालेका महेश बस्नेतले कांग्रेसका थापालाई पच्छ्याइरहेका छन् ।

नेपाली कांग्रेसका थापाले २ हजार २२८ मत ल्याएका छन् भने नेकपा एमालेका बस्नेतले १ हजार ६३० मत ल्याएका छन् । भक्तपुर २ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।

Share News