काठमाडौं । कास्की जिल्लाको क्षेत्र नं. २ मा पनि मतगणना सुरु भइरहेको छ । हालसम्म ९ सय मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेँलले अग्रता कायम गरेका छन् ।
प्रतिनिधि सभाको ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कडेँलले ३८९ मत, नेकपा एमालेकी विद्या भट्टराईले २११ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १४४ मत ल्याएका छन् ।
क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा राप्रपाका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । हालसम्म ५ सय ४१ मत गणना हुँदा भण्डारीले १९९ मत, एमालेका भीम कार्कीले १४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १०५ मत ल्याएका छन् ।