ललितपुर २ मा एमालेको अग्रता

<p>काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य अन्तर्गत रहेको मतपत्र गणना भइरहेको छ । उक्त क्षेत्रमा एमालेले सरुवाति अग्रता लिएको छ । हालसम्म ४ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको हो । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३१७ [&hellip;]</p>

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य अन्तर्गत रहेको मतपत्र गणना भइरहेको छ । उक्त क्षेत्रमा एमालेले सरुवाति अग्रता लिएको छ ।

हालसम्म ४ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको हो । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३१७ मत, नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७७७ मत, राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६८७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत ल्याएका छन् । यस्तै, लौरो चिन्हले ८९७ मत ल्याएको छ ।

ललितपुर क्षेत्र २ को पनि मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भइरहेको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

Share News