यी स्थानमा हुँनेछ काठमाडौंको मतगणना

<p>काठमाडौं । दश निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणना फरक–फरक स्थानमा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले भिन्दाभिन्दै स्थानमा मतगणना हुने जनाएको हो । यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना एकै स्थानबाट हुने गरेको थियो । निर्वाचन कार्यालयका अनुसार काठमाडौं १ को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । २ को मतगणना राधाकृष्ण [&hellip;]</p>

काठमाडौं । दश निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणना फरक–फरक स्थानमा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले भिन्दाभिन्दै स्थानमा मतगणना हुने जनाएको हो ।

यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना एकै स्थानबाट हुने गरेको थियो ।

निर्वाचन कार्यालयका अनुसार काठमाडौं १ को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । २ को मतगणना राधाकृष्ण मन्दिर थली, ३ को जोरपाटीमा रहेको चामुण्डा स्कुलमा, ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, ५ को टोखास्थित श्रीसमाज भवनमा, ६ को धर्मस्थलीमा, ७ को बालाजुको जुडो हलमा, ८ को स्वयम्भूस्थित गितामाता स्कुलमा, ९ को रविभवनमा रहेको नेपाल पर्यटन तथा होटभल व्यवस्थापन प्रतिष्ठानमा र १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुने भएको छ ।

सबै क्षेत्रको मतपेटीका जम्मा भएपछि आजै रातिदेखि मतगणनाको तयारी थालिएको कार्यालयले जनाएको छ ।

Share News