काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गतेको लागि साधारण सभा बोलाएको छ । सभाले विशेष गरेर गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०।६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।