सात जिल्लामा गोली चल्यो, ४४ ठाउँमा रोकियो

<p>काठमाडौं । आइतबार देशभर मतदान भइरहेको छ । नागरिकको प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । नागरिकले आजै प्रतिनिधिससभामा ११० जना समानुपातिक पदका लागि पनि मतदान भइरहेको छ । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । प्रतिनिधिसभामा [&hellip;]</p>

काठमाडौं । आइतबार देशभर मतदान भइरहेको छ । नागरिकको प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । नागरिकले आजै प्रतिनिधिससभामा ११० जना समानुपातिक पदका लागि पनि मतदान भइरहेको छ ।

त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।

देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो । आज दिउसो १ बजेसम्म ३२ प्रतिशत मत खसेको बुझिएको छ ।

आज देशभर सात जिल्लामा गोली चलेको छ भने ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ ।

आइतबार बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकोमा विभिन्न विषयमा विवाद तथा झडप हुँदा ७ जिल्लामा गोली चलेको छ र ४४ वटा मतदान केन्द्रमा मतदान प्रभावित भएको हो।

नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा ४४ मतदान स्थलमा झडपका कारण मतदान स्थगित भएको छ । जसमा ३१ स्थानमा पुनस् मतदान सुरु भइसेकको छ ।

निर्वाचन आयोगले पूर्वसहमति बिना सामान्य विवादमा मतदान स्थगित नगर्न मतदान अधिकारीहरुलाई निर्दशन दिएको छ ।

Share News