लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा

<p>काठमाडौं । गत वर्षको नाफाबाट सेयरधनीलाई दिने भनिएको लाभांश पारित गर्न सानिमा बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस ३ गतेको लागि साधारण सभा बोलाएको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब १३ करोड [&hellip;]</p>

काठमाडौं । गत वर्षको नाफाबाट सेयरधनीलाई दिने भनिएको लाभांश पारित गर्न सानिमा बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस ३ गतेको लागि साधारण सभा बोलाएको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोसन सेयर र ०.९८ प्रतिशत अर्थात् ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

Share News