काठमाडाैं । निर्वाचन आयाेगले पूर्वसहमति बिना मतदान स्थगित नगर्न मतदान अधिकारीहरुलाई निर्दशन दिएकाे छ । आयाेगले सूचना जारी गर्दै मतदान केन्द्रमा सामान्य विवाद हुँदैमा पूर्वसहमति बिना मतदान स्थगित नगर्न निर्दशन दिएकाे हाे ।
‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थिगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ, स्थिगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ,’ सुचनामा भनिएकाे छ ।