नेकपा बहुमतका कार्यकताले कास्कीमा फुटाए मतपेटिका

<p>काठमाडौं । राजनिती दलकै कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका हुन । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले बिहान मतपेटिका उचालेर भुइमा बजारेका थिए । उनले मतपेटीका फुटाएपछि रोकिएको मतदान ११ बजेपछि पुनः सुरु भएको छ । मतपेटिका [&hellip;]</p>

काठमाडौं । राजनिती दलकै कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका हुन ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले बिहान मतपेटिका उचालेर भुइमा बजारेका थिए । उनले मतपेटीका फुटाएपछि रोकिएको मतदान ११ बजेपछि पुनः सुरु भएको छ ।

मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

Share News