निर्वाचन बिथोल्न विप्लव समूहको प्रयास, प्रहरीले गर्याे हवाई फायर

<p>काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ । चितवन क्षेत्र नम्बर–१ को राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा नेकपा माओवादी पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका थिए । नेकपा माओवादीका १५–२० जनाको समूहले निर्वाचन बिथोल्ने प्रयास गरेका थिए । उनीहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपछि एक [&hellip;]</p>

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

चितवन क्षेत्र नम्बर–१ को राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा नेकपा माओवादी पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका थिए ।

नेकपा माओवादीका १५–२० जनाको समूहले निर्वाचन बिथोल्ने प्रयास गरेका थिए । उनीहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए ।

हवाई फायरपछि उनीहरू भागेको छन् । अहिले उनीहरुको खोजी कार्य भइरहेको र मतदान पुनः सुरू भइसकेको उनको भनाइ छ ।

Share News