लगानी टिप्स : फिक्स्ड डिपोजिट योजनामा लगानी गर्दा हुनसक्छ फाइदा

<p>एजेन्सी । फिक्स डिपोजिट : अहिले ठूलो संख्याका मानिसहरुले फिक्स डिपोजिटमा लगानी गर्न मन पराउँछन् । यसमा लगानी गर्नुको सबैभन्दा ठूलो फाइदा यो हो कि यो बजार जोखिम हुँदैन् । फिक्स डिपोजिट लगानीका लागि सुझावहरू  : आज पनि यहाँ धेरै ज्येष्ठ नागरिकहरू छन्, जसले आफ्नो जागिरबाट सेवा निवृत्त हुँदाको अधिाकांश पैसा फिक्स डिपोजिटमा मात्रै लगानी [&hellip;]</p>

एजेन्सी । फिक्स डिपोजिट : अहिले ठूलो संख्याका मानिसहरुले फिक्स डिपोजिटमा लगानी गर्न मन पराउँछन् । यसमा लगानी गर्नुको सबैभन्दा ठूलो फाइदा यो हो कि यो बजार जोखिम हुँदैन् ।

फिक्स डिपोजिट लगानीका लागि सुझावहरू  : आज पनि यहाँ धेरै ज्येष्ठ नागरिकहरू छन्, जसले आफ्नो जागिरबाट सेवा निवृत्त हुँदाको अधिाकांश पैसा फिक्स डिपोजिटमा मात्रै लगानी गरेका छन् । यो एक ग्यारेन्टी फिर्ता योजना हो, जसमा आजकल धेरै राम्रो ब्याज पनि प्राप्त भइरहेको छ। यदि तपाईं पनि बैंकमा एफडी गर्ने सोचमा हुनुहुन्छ भने तपाईंलाई यसबाट प्राप्त हुने विषयमा जानकारी प्राप्त गर्दा राम्रो हुन्छ ।

लगानीकर्ताले बैंक एफडीमार्फत ऋण सुविधा पाउँछन्। बैंकहरुले ऋण लगानी गर्नुभन्दा अगाडि त्यसको लागि ग्यारेन्टी माग्ने गर्छ । यस्तो अवस्थामा तपाईंले आफ्नो फिक्स डिपोजिटलाई ग्यारेन्टीको लागि प्रयोग गर्न सक्नुहुन्छ ।

धेरै बैंकहरूले ग्राहकहरूलाई आफूतर्फ आकर्षित गर्न फिक्स डिपोजिट स्किममा ​​जीवन बीमा कभरको सुविधा पनि उपलब्ध गराउने गरेका छन् । यो सुविधा लिनको लागि तपाईंले केही थप सर्तहरू भने पूरा गर्नुपर्ने हुन्छ।

यो योजनाको सबैभन्दा राम्रो कुरा यो हो कि यसमा गरिएको लगानीको बजार जोखिमसँग लेनदेन हुँदैन र लगानीकर्ताले एफडी स्किमको समय पुरा हुँदा आफ्नो पूरा रकम प्राप्त गर्दछन् ।

Share News