रवि सिंह ईफाप्काको अध्यक्षमा चयन

<p>काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन ९ईफाप्का० को अध्यक्षमा चयन भएका छन् ।माल्दिभ्स्को राजधानीमा मालेमा शुक्राबार सम्पन्न ईफाप्काको ४५ औं सम्मेलनले सिंहलाई अध्यक्षमा चयन गरेको हो । ईफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका [&hellip;]</p>

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन ९ईफाप्का० को अध्यक्षमा चयन भएका छन् ।माल्दिभ्स्को राजधानीमा मालेमा शुक्राबार सम्पन्न ईफाप्काको ४५ औं सम्मेलनले सिंहलाई अध्यक्षमा चयन गरेको हो ।

ईफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका छन् ।

वणानुक्रम अनुसार ईफाप्काका सदस्य राष्ट्रहरूले संगठनको नेतृत्व गर्ने प्रचलन अनुसार माल्दिभ्स्पछि नेपालको पालो आएको हो । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन भएका थिए ।

मालेमा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षको रुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरेका हुन् । अध्यक्ष सिंह सहित नयाँ कार्य समितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । सपथपछिको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले ईफाप्कालाई सशक्त संगठनको रुपमा अघि बढाउने प्रतिबद्धता जनाए । ईफाप्काका नयाँ महासचिव इन्जिनियर विरेन्द्रराज पाण्डेले ४६ औं ईफाप्का सम्मेलन दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित काठमाडौंमा आयोजना गरिने जानकारी दिए । सोही अवसरमा पाँचौ पटक ईफाप्का सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा महासंघ अध्यक्ष रवि सिंह सहित निर्माण व्यवसायीहरू शिव चौलागाई, कृष्ण गौतम, निर्मल सिटौला र महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका छन् । यसैबीच ईफाप्काका नवनियुक्त अध्यक्ष रवि सिंहको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बोर्ड बैठकले ईफाप्काको आगामी मिड टर्म बैठक सन् २०२३ को जुनमा मंगोलियामा र ४६ औं ईफाप्का सम्मेलन सोही वर्षको नोभेम्बर तेस्रो साता काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो । ईफाप्कामा हाल एशिया प्रशान्त क्षेत्रका १९ राष्ट्र आवद्ध छन् ।

Share News