काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनको पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । बैंकले कात्तिक २७ गतेदेखि बैंकको पदमपुर शाखा नयाँ स्थानामा संचालनमा ल्याएको हो ।
बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त नयाँ स्थानमा सारिएको शाखाको समुद्घाटन गरेका थिए ।
बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।