विभिन्न कार्यक्रम गरी अभियान लघुवित्तले मनायो तेस्रो वार्षिकोत्सव

<p>काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सव विभिन्न कार्यकम गरी मनाएको छ । लघुवित्तले यस अवसरमा केन्द्रिय कार्यलय बनेपामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै लघुवित्तले बृक्षारोपण, वितिय साक्षरता जस्ता विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । यस अवसरमा लघुवित्तका अध्यक्ष बाबुराम थापाले कोभिडको कारणले अर्थतन्त्र अस्तव्यस्त भएको जटिल अवस्थादेखि तरलताको अभाव भएको परिस्थितिमा राम्रोसँग [&hellip;]</p>

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सव विभिन्न कार्यकम गरी मनाएको छ ।

लघुवित्तले यस अवसरमा केन्द्रिय कार्यलय बनेपामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै लघुवित्तले बृक्षारोपण, वितिय साक्षरता जस्ता विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

यस अवसरमा लघुवित्तका अध्यक्ष बाबुराम थापाले कोभिडको कारणले अर्थतन्त्र अस्तव्यस्त भएको जटिल अवस्थादेखि तरलताको अभाव भएको परिस्थितिमा राम्रोसँग काम गर्ने कर्मचारी र सहयोग गर्ने ग्राहकले प्रति आभारी रहेको बताएका थिए ।

राष्टिय स्तरको यस संस्थाले ७ वटा प्रदेशका २१ जिल्लामा ६० शाखा मार्फत २८ हजार सदस्यलाई सेवा प्रदान गदै आएको छ । यस संस्थाको चुक्ता पुँजी २५ करोड रहेको छ ।

Share News