ऋण चुक्ता नगरेपछि सिटिजन्स बैंकले जग्गा लिलाम गर्दै, ६ ऋणीलाई कालो सूचीमा राख्ने चेतावनी

<p>काठमाडौं । सिटिजन्स बैंकले ऋण लिएको कर्जा चुक्ता नगर्ने ऋणीको धितो लिलाम गर्ने भएको छ । बैंकको शाखा कार्यालय भैंसेपाटीबाट हेमराज भारतीले लिएको कर्जा चुक्ता नगरेकाले धितो लिलामा राखेको हो । सिटिजन्स फाष्ट ट्र्याक आवधिक कर्जा शिर्षक अन्तर्गत लिएको ऋणकर्जा तोकिएको समयमा सावाँ ब्याज समेत चुक्ता नगरेको हुँदा सुरक्षण बापत बैंकको नाममा धितोबन्धक लेखिदिएको चल [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । सिटिजन्स बैंकले ऋण लिएको कर्जा चुक्ता नगर्ने ऋणीको धितो लिलाम गर्ने भएको छ । बैंकको शाखा कार्यालय भैंसेपाटीबाट हेमराज भारतीले लिएको कर्जा चुक्ता नगरेकाले धितो लिलामा राखेको हो ।

सिटिजन्स फाष्ट ट्र्याक आवधिक कर्जा शिर्षक अन्तर्गत लिएको ऋणकर्जा तोकिएको समयमा सावाँ ब्याज समेत चुक्ता नगरेको हुँदा सुरक्षण बापत बैंकको नाममा धितोबन्धक लेखिदिएको चल र अचल सम्पत्ति लिलाम बिक्रीमा राखिएको हो । साथै उक्त सम्पत्ति खरिदका लागि १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरेको छ ।

सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा पनि बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंकिङ्ग कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६४, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ र सो को नियमावली २०५९ अनुसार ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरुको अन्य चलअचल सम्पत्तिबाट धितोले नखामेको बक्यौता कर्जा रकम असुल उपरका लागि ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरिने बैंकले जनाएको छ ।

साथै यस सूचना बमोजिम लिलाम बिक्री हुन नसकेको धितो सम्पत्तिहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम बैंकले आफै सकार गरी लिन सक्ने व्यहोरा समेत जानकारी गराइएको छ ।

यस्तै, बैंकबाट कैलालीका ऋणी किशोर बिक्रम शाही, डम्मरा शाही, नौले टमट्टा, कृष्ण टमट्टा, ढेङ राज डगौरा र अनिल चौधरीले लिएको ऋण पनि ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको छ । उनीहरुले ऋण चुक्ता नगरेमा कालोसूचीमा राख्ने र बैंकमा राखेको धितो लिलाम गरी आफ्नो रकम असुल गर्ने बैंकले जनाएको छ ।

Share News