
काठमाडौं । सरकारले सबै निजी संस्थालाई प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि दुई दिन विदा दिने निर्देशन दिएको छ । गृह मन्त्रालयले बिहीबार सूचना जारी गर्दै सबै निजी संस्थालाई मंसिर ४ र ५ गते विदा दिन निर्देशन दिएको हो ।
‘प्रस्तुत विषयमा मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०७९ मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक विदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा तहाँ तथा तहाँ अन्तर्गतका निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ,’ सूचनामा भनिएको छ ।