काठमाडौं । स्मार्ट चोइस टेक्नोलोजीले फास्ट बैंकिङ एप सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गका समस्यालाई विगत पाँच वर्षदेखि अध्ययन र अनुसन्धान गरेर एप ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
बुधबार होटेल र्याडिसनमा आयोजित एक कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसका अध्यक्ष तथा कृषि विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उक्त एप सेवा सार्वजनिक गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सकिने बताए ।
‘हाल बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा विशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुविधा लिन अझै पनि बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको छ, फास्ट बैंकिङमार्फत थप सुविधाहरुका साथ ओपन एपीआइ मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिनेछ,’ उनले भने, ‘फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च घटाउन सकिन्छ ।’
हाल उक्त सुविधा ग्लोबल आइएमई बैंकमा संचालनमा ल्याई सकिएको कम्पनीले जानकारी दिएको छ ।
