४ वर्षमा दोब्बरले बढ्यो कर तिर्नेको संख्या, सप्ताहव्यापी कार्यक्रम गरेर दिवस मनाइँदै

<p>काठमाडाैं । सरकारले विभिन्न कार्यक्रम गरी कर सप्ताह दिवस मनाउने भएकाे छ । सरकारले मंसिर १ गतेदेखि सुरु भएकाे कर दिवस मंसिर ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेकाे हाे । सरकारले मंसिर ६ गतेसम्म निजी क्षेत्रका संघ, संगठन तथा सराेकारवालाहरुसँग समन्वय गरी आवश्यकताकाे आधारमा अन्तरक्रिया परिसंवाद र कर शिक्षा लगायतका कार्यक्रमहरु संचालन गर्ने जनाएकाे [&hellip;]</p>

काठमाडाैं । सरकारले विभिन्न कार्यक्रम गरी कर सप्ताह दिवस मनाउने भएकाे छ । सरकारले मंसिर १ गतेदेखि सुरु भएकाे कर दिवस मंसिर ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेकाे हाे ।

सरकारले मंसिर ६ गतेसम्म निजी क्षेत्रका संघ, संगठन तथा सराेकारवालाहरुसँग समन्वय गरी आवश्यकताकाे आधारमा अन्तरक्रिया परिसंवाद र कर शिक्षा लगायतका कार्यक्रमहरु संचालन गर्ने जनाएकाे छ । यस्तै, सरकारले मंसिर ७ गते विभिन्न क्षेत्रका करदातालाई र कर्मचारीलाई सम्मान गर्ने जनाएकाे छ ।

अर्थ मन्त्रालयले विगत ४ वर्षमा कर सहभागिताको संख्या दोब्बरभन्दा बढीले बढेको जानकारी दिएकाे छ । मन्त्रालयकाे तथ्यांक अनुसार २०७६ असारसम्म २१ लाख ७१ हजार प्यानमा दर्ता भएकोमा २०७९ असारसम्म ४८ लाख ५४ हजार नाघेको छ । यस अवधिमा प्यानमा सहभागी हुनेको संख्या औसतमा ८ लाखले बढेको छ ।

नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ।

 

Share News