आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

<p>काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीमा मूल्य बढेर आएको छ । बुधबारमा पठाएको मूल्य सूचीमा पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १६ पैसा बढेर आएको छ [&hellip;]</p>

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीमा मूल्य बढेर आएको छ । बुधबारमा पठाएको मूल्य सूचीमा पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १६ पैसा बढेर आएको छ । यस्तै, डिजेलको प्रतिलिटर १ रुपैयाँ ३० पैसा घटेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ र डिजेलको प्रतिलिटर १ सय ७८ रुपैयाँ छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा रहेको छ । त्यस्तै, डिजेलको हकमा प्रतिलिटर १० रुपैयाँ ८३ पैसा घाटा भएको गोइतले बताए ।

Share News