बेष्ट वन सहकारीले दियो ६ ऋणीलाई चेतावनी, १५ दिनभित्र ऋण चुक्ता गर्नुपर्ने

<p>काठमाडौं । बेष्ट वन बहुउद्देश्यीय सहकारीले आफ्ना ऋणीहरुलाई कर्जा चुक्ता गर्न १५ दिने सूचना जारी गरेको छ । सहकारीले बिहीबार एक सूचना जारी गरी ६ जना ऋणीलाई १५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो । सहकारीले हरिमाया महर्जन तथा पञ्चलाल महर्जन, मनिसदास श्रेष्ठ, दिनेश मानन्धर, ज्ञान बहादुर खत्री, शारदा खत्री र कान्छा लागेजुले बेष्ट वन [&hellip;]</p>

काठमाडौं । बेष्ट वन बहुउद्देश्यीय सहकारीले आफ्ना ऋणीहरुलाई कर्जा चुक्ता गर्न १५ दिने सूचना जारी गरेको छ । सहकारीले बिहीबार एक सूचना जारी गरी ६ जना ऋणीलाई १५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो ।

सहकारीले हरिमाया महर्जन तथा पञ्चलाल महर्जन, मनिसदास श्रेष्ठ, दिनेश मानन्धर, ज्ञान बहादुर खत्री, शारदा खत्री र कान्छा लागेजुले बेष्ट वन बहुउद्देश्यीय सहकारीको प्यूखा, न्यूरोडबाट ऋण लिएको कर्जा बापत तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज तथा अन्य दैदस्तुर १५ पदन भित्र चुक्ता गर्न भनेको हो ।

उनीहरुले कर्जा सम्बन्धि शर्त बन्देज उल्लंघन गरेको र बारम्बार ताकेता तथा व्यक्तिगत सम्पर्क राखी ऋण तिर्न जानकारी गराएको र गत असाढ २४ गते सूचना प्रकाशन गर्दा समेत ऋणीले ऋण तिर्न बुझाउन बेवास्ता गरेको पुनः दोस्रो पटक सूचना जारी गरेको जनाएको छ ।

यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बुझाउनुपर्ने बांकी रहेको सम्पूर्ण साँवा, ब्याज दैदस्तुर रकम नबुझाएमा ऋणीहरुले सुरक्षण बापत संस्थालाई लेखी लेखाई दिएको चल–अचल सम्पत्ति सहकारी ऐन, २०४८ बमोजिम लिलाम बिक्री गरी कर्जा असुल उपर गरिने बताएको छ । साथै लिलाम विक्रीबाट सम्पूर्ण कर्जाको साँवा व्याज हर्जाना असूल उपर नभएमा ऋणी स्वयम् तथा जमानत दिने व्यक्तिहरुको चल÷अचल सम्पत्तिबाट कानून बमोजिम असूल उपर गरिने चेतावनी सहरकारीले दिएको हो ।

Share News