आज रातिदेखि सबै सिमा नाका बन्द हुने

<p>काठमाडौं । आज बुधबार राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् । निर्वाचन सुरक्षाका लागि भन्दै सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज [&hellip;]</p>

काठमाडौं । आज बुधबार राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् । निर्वाचन सुरक्षाका लागि भन्दै सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । बन्द नाका निर्वाचनको मतदान सकिएपछि मात्रै खुला गरिने छ ।

 

Share News