व्यापारी भन्छन् : जाडोको कपडाको व्यापार पुरै घट्यो, सामान आयात गर्न पनि समस्या भयो

<p>काठमाडौं । जाडो बढेपनि बजारमा न्यानो कपडाहरुको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् । काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीहरुले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन् । विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरेपनि [&hellip;]</p>

काठमाडौं । जाडो बढेपनि बजारमा न्यानो कपडाहरुको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् ।

काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीहरुले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन् ।

विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरेपनि यो वर्ष सुनसान रहेको न्युरोडमा व्यापार गरिरहेका राजकुमार अधिकारीले बताए । ‘पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरु मर्कामा परेका छन्, व्यापारीहरुले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्ने गरी मूल्य वृद्धि भएको छ,’ उनले भने ।

काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए । ‘न्यानो कपडा तथा अन्य फेन्सी कपडाहरु चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको छ,  चीन जानको लागि पनि भिसाको समस्या भएकाले फोटोको आधारमा अडर गर्दा सामान अर्कै आउने गरेको छ,’ उनले भने ।

अर्को, व्यापारी विवेक श्रेष्ठले चिनियाँ नाकामा कहिले खुल्ने र कहिले बन्द हुने समस्याले सामान अर्डर गरेको ९ महिनासम्म पनि सामान काठमाडौं आइनपुग्ने ठूलो समस्या रहेको बताए । ‘सामान अर्डर गरेको ९ महिनासम्म सामान नआउँदा साना व्यापारीहरु ठूलो मर्कामा पर्ने गरेका छन्, सरकारले साना व्यापारीहरुलाई पनि गरिखाने वातावरण सहज बनाउनको लागि चिनियाँ नाका सहज बनाइ दिनुपर्छ,’ उनले भने ।

उनले बैंकहरुमा ब्याजदर वृद्धि हुने, भन्सार दरमा वृद्धि हुने, सामान आउन समय लाग्ने भएर व्यापार नहुने तर घरभाडा बढी रहने समस्याले साना व्यापारीहरु पीडित रहेको बताए ।

व्यापारीहरुले ग्राहकहरुले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन् । उनीहरुले सामानहरुको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ ।

Share News