भारतीय सेनिटाइजरमा मेथानोल भेटिएपछि बिक्रीमा प्रतिबन्ध

<p>काठमाडौं । नेपाली बजारमा बिक्री वितरणमा रहेको भारतीय ह्यान्ड स्यानीइजरमा विषाक्त मेथानोल मिसाइएको पाइएपछि औषधी व्यवस्था विभागले त्यसको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । भारतीय कम्पनी ग्लोबल हेल्थकेयर कम्पनीले उत्पादन गरेको जीएचसी ह्याण्डकेयर नामको सेनिटाइजरको नमूना परीक्षण गर्दा त्यसमा विषाक्त मेथानोल पाइएपछि विभागले एक सूचना प्रकाशित गर्दै बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो । विभागले सूचनामा [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिक्री वितरणमा रहेको भारतीय ह्यान्ड स्यानीइजरमा विषाक्त मेथानोल मिसाइएको पाइएपछि औषधी व्यवस्था विभागले त्यसको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । भारतीय कम्पनी ग्लोबल हेल्थकेयर कम्पनीले उत्पादन गरेको जीएचसी ह्याण्डकेयर नामको सेनिटाइजरको नमूना परीक्षण गर्दा त्यसमा विषाक्त मेथानोल पाइएपछि विभागले एक सूचना प्रकाशित गर्दै बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।

विभागले सूचनामा औषधि ऐन २०३५ को दफा १४ बमोजिम सो सेनिटाइजरको बिक्री वितरण रोकी सो को विवरण विभागमा पेस गर्न उद्योग, आयातकर्ता र तिनका प्रतिनिधिलाई भनेको छ ।

विभागको सूचना

Share News