काठमाडौं । माउण्टेन ईनर्जी नेपालले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले पुस ८ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।