काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले लाभांश प्रस्ताव गरेका छन् । मर्जर प्रक्रियामा रहेका यी दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।
दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र दुवै बैंकको आ–आफ्नो साधारणसभाले पारित गरेपछि उक्त लाभांश बैंकका सेयरधनीले पाउनेछन् ।