प्रभु क्यापिटलका ग्राहकलाई क्रिस्टल डाईग्नोस्टिकको सेवामा २० प्रतिशतसम्म छुट

<p>काठमाडाैं । प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच मंगलबार सम्झाैता भएकाे छ । सम्झाैता अनुसार क्यापिटलका सबै हितग्राहीहरुले क्रिस्टल ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूट पाउनेछन् भने आउटसोर्सिङ्ग गरेको टेस्टमा ल्याबबाट १०% छूट पाउनेछन् । यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ । सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका [&hellip;]</p>

काठमाडाैं । प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच मंगलबार सम्झाैता भएकाे छ । सम्झाैता अनुसार क्यापिटलका सबै हितग्राहीहरुले क्रिस्टल ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूट पाउनेछन् भने आउटसोर्सिङ्ग गरेको टेस्टमा ल्याबबाट १०% छूट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।

सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।

काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो  ।

 

Share News