काठमाडौं । त्रिभुवन विमानस्थल कार्यलयले मतदान हुने दिन मंसिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान नगर्ने बताएको छ । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमति हुनसक्ने बताए । ‘चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैनु, निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुनसक्छ,’ उनले भने ।