जिवनभर कमाएको अधिकांश सम्पत्ति दान गर्ने अमेजनका संस्थापक बेजोसको घोषणा

<p>काठमाडौं । चर्चित अनलाइन सपिङ पोर्टल अमेजनका संस्थापक तथा विश्वप्रसिद्ध व्यवसायी जेफ बेजोसले आफ्नो अधिकांश सम्पत्ति दान गर्ने बताएका छन् । सिएनएनलाई दिएको एक अन्तर्वार्तामा बेजोसले आफ्नो १२४ बिलियन डलरको नेटवर्थको अधिकांश सम्पत्ति दान गर्ने बताएका हुन् । उनले आफ्नो सम्पत्तिको ठूलो हिस्सा जलवायु परिवर्तनसँग लड्न र सामाजिक र राजनीतिक विभाजनबीच मानवतालाई एकताबद्ध गर्न सक्ने मानिसहरूलाई सहयोग गर्न [&hellip;]</p>

काठमाडौं । चर्चित अनलाइन सपिङ पोर्टल अमेजनका संस्थापक तथा विश्वप्रसिद्ध व्यवसायी जेफ बेजोसले आफ्नो अधिकांश सम्पत्ति दान गर्ने बताएका छन् । सिएनएनलाई दिएको एक अन्तर्वार्तामा बेजोसले आफ्नो १२४ बिलियन डलरको नेटवर्थको अधिकांश सम्पत्ति दान गर्ने बताएका हुन् ।

उनले आफ्नो सम्पत्तिको ठूलो हिस्सा जलवायु परिवर्तनसँग लड्न र सामाजिक र राजनीतिक विभाजनबीच मानवतालाई एकताबद्ध गर्न सक्ने मानिसहरूलाई सहयोग गर्न समर्पित गर्ने बताएका छन् ।

१९९४ मा सियाटलमा रहेको आफ्नो ग्यारेजबाट अमेजन स्थापना गरेका उनले २०२१ मा सीइओको पदबाट राजिनामा दिई कम्पनीको हाल कार्यकारी अध्यक्षको रुपमा रहेका छन । उनीसँग हाल कम्पनीको १० प्रतिशत सेयर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

२५ वर्षको विवाहपछि उनले २०१९ मा श्रीमती म्याककेन्जीसँग डिभोर्स गरेका थिए । डिभोर्सपछि उनले श्रीमतीलाई अमेजनको ४ प्रतिशत संस्थापक सेयर दिएका थिए ।

बेजोस द वाशिंगटन पोस्ट र ब्लु ओरिजिनको मालिक हुन् । ब्लु ओरिजिन रकेटहरू विकास गर्ने एयरोस्पेस कम्पनी हो ।

Share News