लक्ष्मी बैंकले ल्यायो आजिवन निःशुल्क मोबाइल, इन्टरनेट बैंकिङ र डिम्याट सेवा

<p>काठमाडाैं । लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै बचत गरों, च्याम्पियन बनौं याेजना ल्याएकाे छ । बैंककाे अनुसार याे याेजना मंसिर ४ देखि पुस १६ गते सम्म संचालन हुनेछ । यस याेजना अन्तर्गत यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताले आजिवन निःशुल्क बैंकको मोबाइल बैंकिङ्ग, इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ्ग, इमेल प्राप्त गर्नेछन् । यसका साथै ग्राहकले पूर्व [&hellip;]</p>

काठमाडाैं । लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै बचत गरों, च्याम्पियन बनौं याेजना ल्याएकाे छ । बैंककाे अनुसार याे याेजना मंसिर ४ देखि पुस १६ गते सम्म संचालन हुनेछ ।

यस याेजना अन्तर्गत यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताले आजिवन निःशुल्क बैंकको मोबाइल बैंकिङ्ग, इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ्ग, इमेल प्राप्त गर्नेछन् । यसका साथै ग्राहकले पूर्व स्वीकृत क्रेडिट कार्ड र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्राप्त गर्नेछन् ।

यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले जनाएकाे छ ।

 

Share News