काठमाडाैं । नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा काठमाडाैं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल बैंक यही कार्तिक ३० गते ८६ औं वर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले कार्तिक २५ र २६ गते कर्मचारी मैत्री ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकाे थियाे ।
प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका थिए ।
यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुव दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदी एवम् ध्रुव दाहालको समूह र महिला डबल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए ।
बैंकले नेपालभर २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।