सहकारीको ब्याजदर पनि बजारले निर्धारण गर्नुपर्ने माग, महासंघले भन्यो : खराब कर्जा तत्काल उठाउनु

<p>काठमाडौं । नेपाल सहकारी महासंघले सहकारीको ब्याजदर पनि बजारले निर्णय गर्नुपर्ने माग राखेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले बजार अनुरुप स्वचालित रुपमा ब्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग राखेको हो । महासंघले वित्त बजारमा ब्याजदरमा उतारचढाव आउदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको [&hellip;]</p>

काठमाडौं । नेपाल सहकारी महासंघले सहकारीको ब्याजदर पनि बजारले निर्णय गर्नुपर्ने माग राखेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले बजार अनुरुप स्वचालित रुपमा ब्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग राखेको हो ।

महासंघले वित्त बजारमा ब्याजदरमा उतारचढाव आउदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको सन्दर्भ व्याजदरले समेत थप प्रतिकुल अवस्था सिर्जना गरेको बताएको छ ।

महासंघले पटक पटक अभियानको तर्फबाट सुझाव पठाउँदै आएको भएतापनि हालसम्म सन्दर्भ व्याजदर पुनरावलोकन नहुन दुःखद कुरा भएको बताएको छ ।

साथै, महासंघले सहकारी संघरसंस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायधीकरणको अविलम्व गठनका लागि समेत माग गरेको छ ।

 

Share News