काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा लघुवित्त ८० लाख १० हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण लघुवित्तको नाफा घटेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५० प्रतिशत घटेर ८ करोड ६४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २४.५३ प्रतिशत घटेर १० करोड ३१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ८१ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २१.५० प्रतिशत बढेर ६५ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ८.८८ प्रतिशत घटेर ३६ करोड २२ लाख रुपैयाँ, सापटी ४.९२ प्रतिशत बढेर ३ अर्ब ५ करोड २८ लाख रुपैयाँ, निक्षेप ४.१० प्रतिशत बढेर १ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ र कर्जा ५.०५ प्रतिशत बढेर ५ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्मा लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २४.०५ रुपैयाँ रहेको थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा छ । लघुवित्तको खराब कर्जा २.३१ प्रतिशत बढेर ५.६८ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको कस्ट अफ फण्ड १०.११ प्रतिशत छ ।