विभिन्न सामाजिक काम गरी कामना सेवाले मनायो १६ औं वार्षिकोत्सव

<p>काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंस्थित केन्द्रिय कार्यलयमा मुल समारोह गरी वार्षिकोत्सव समापन गरेको छ । बैंकले सप्तहाव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो १६ औं वार्षिक उत्सवको मनाएको छ । बैंकले कार्तिक २१ गते देखि कार्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंस्थित केन्द्रिय कार्यलयमा मुल समारोह गरी वार्षिकोत्सव समापन गरेको छ ।

बैंकले सप्तहाव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो १६ औं वार्षिक उत्सवको मनाएको छ । बैंकले कार्तिक २१ गते देखि कार्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष केएस फुटसल सिजन दुई तथा महिला केएस फुटसल कपसाथै, विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेको थियो ।

‘रक्तदान जिवन दान’ भन्ने नारालाई आत्मसात गरी देशव्यापि रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको थियो । यस्तै, केएस फुटसल कप अन्तर्गत पुरुष केएस फुटसल कप सिजन २ को उपाधि सिद्धार्थ बैंकले र महिला तर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

यसैगरी बैंकले आजै आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्स समेत हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा सहयोग र साथ दिने सबैप्रति आभार रहेको बताएका छन् ।

Share News