सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा सुरु

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको  राइनास नगरपालिका वडा नं ४ मा विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याईसकेको छ । यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको जनाएको [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको  राइनास नगरपालिका वडा नं ४ मा विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याईसकेको छ ।

यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News